मंगलबार सुनको मूल्य सामान्य घटेको छ । आज सुन तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ कायम भएको छ ।
सोमबार सुन प्रतितोला ३ लाख २२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ६५ रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६२७.५४ अमेरिकी डलर र चाँदी ६७.८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





