९ भदौ, काठमाडौं । आजको लागि बोलाइएको छ प्रतिनिधिसभा बैठक सरेको छ । आज दिउँसो १ बजे बैठक बस्ने गरी यसअघि समय निर्धारण गरिएको थियो ।

सूचना टाँस गरी संसद् सचिवालयले विशेष कारण आज बैठक बस्न नसक्ने जानकारी गराएको छ । बैठक अब बुधबार दिउँसो १ बजे बस्ने गरी तोकिएको छ ।

मिति २०८३ भदौ ९ गते मंगलबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण निर्धारित मिति र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०५३ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले सभाको बैठक २०८३ भदौ १० गते बुधबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ, सूचनामा उल्लेख छ ।