९ भदौ, सोलुखुम्बु । महाकुलुङ गाउँपालिका-२ बोदेलस्थित हुंगा खोला जलविद्युत् आयोजनामा प्रयोग हुने डिजेल चोरी गरी बिक्री गर्ने चार चालकसहित चोरीको डिजेल खरिद गर्ने एक जना गरी पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार आयोजनामा कार्यरत चालकहरूले इन्धन चोरी गरी सस्तो मूल्यमा बिक्री गर्ने गरेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो । प्रहरीले चोरी गरिएको डिजेल खरिद गर्ने व्यक्तिसहित चार चालकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरूबाट ६६५ केजी अर्थात् करिब ८०० लिटर डिजेल बरामद गरेको जनाएको छ । पक्राउ परेकामाथि चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।
पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-८ का ४२ वर्षीय श्यामबहादुर जोगी रहेका छन् ।
त्यस्तै, सिन्धुली गोलन्जोर गाउँपालिका-२ का २४ वर्षीय केशव कार्की, सोही स्थानका २४ वर्षीय लिला बहादुर चौहान, सोलुखुम्बु थुलुङ दूधकोशी गाउँपालिका-१ का २५ वर्षीय यामबहादुर बस्नेत र सोही गाउँपालिका-६ का २४ वर्षीय आकाश राई पक्राउ परेका छन् । उनीहरू जलविद्युत् आयोजनामा चालकका रूपमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निर्मल थापाले जानकारी दिए ।
प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएपछि चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि सोलुखुम्बु जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
हाइड्रोपावरको डिजेल चोरीमा चार चालकसहित पाँच जना पक्राउ
महाकुलुङ गाउँपालिका-२ बोदेलस्थित हुंगा खोला जलविद्युत् आयोजनामा प्रयोग हुने डिजेल चोरी गरी बिक्री गर्ने चार चालकसहित चोरीको डिजेल खरिद गर्ने एक जना गरी पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

म
लेखकको बारेमोमेन्ट टाइम्स संवाददाता
मोमेन्ट टाइम्स (Moment Times) एक आधुनिक डिजिटल मिडिया प्लेटफर्म हो, जसले प्रविधि, व्यवसाय, उद्यमशीलता, समाज, राजनीति, अन्तर्राष्ट्रिय गतिविधि तथा समसामयिक विषयवस्तुलाई प्राथमिकताका साथ प्रस्तुत गर्दछ। तथ्यमा आधारित, सरल र प्रभावकारी समाचार तथा विश्लेषणमार्फत पाठकलाई समयअनुकूल जानकारी प्रदान गर्नु यसको मुख्य उद्देश्य हो।


