मलेसियामा आयोजना हुने एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपाललाई घरेलु टोली मलेसियाले जितको लागि २३३ रनको लक्ष्य दिएको छ ।
मलेसियामा जारी अभ्यास खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनको योगफल बनाएको छ । मलेसियाका लागि मुहम्मद स्याहादात रामलीले सर्वाधिक ६१ रन बनाए ।
९ भदौ, काठमाडौँ । मलेसियामा आयोजना हुने एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपाललाई घरेलु टोली मलेसियाले जितको लागि २३३ रनको लक्ष्य दिएको छ ।
मलेसियामा जारी अभ्यास खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनको योगफल बनाएको छ । मलेसियाका लागि मुहम्मद स्याहादात रामलीले सर्वाधिक ६१ रन बनाए ।
त्यसैगरी सैफुल्लाह मलिकले ४५, साइद अजिजले ४० र विरानदीप सिंहले ३९ रनको योगदान दिए । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । त्यस्तै करण केसीले २ विकेट लिदाँ ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।
लेखकको बारेमोमेन्ट टाइम्स संवाददातामोमेन्ट टाइम्स (Moment Times) एक आधुनिक डिजिटल मिडिया प्लेटफर्म हो, जसले प्रविधि, व्यवसाय, उद्यमशीलता, समाज, राजनीति, अन्तर्राष्ट्रिय गतिविधि तथा समसामयिक विषयवस्तुलाई प्राथमिकताका साथ प्रस्तुत गर्दछ। तथ्यमा आधारित, सरल र प्रभावकारी समाचार तथा विश्लेषणमार्फत पाठकलाई समयअनुकूल जानकारी प्रदान गर्नु यसको मुख्य उद्देश्य हो।