८ भदौ, काठमाडौं । बलात्कारका दोषीलाई कडा कारबाहीको माग गर्दै पोखरामा मोटरसाइकल र्‍याली निकालिएको छ। ‘वी पोखरा’ लगायत विभिन्न संस्थासँग आबद्ध युवा-युवतीहरूको सहभागितामा र्‍याली निकालिएको हो।

र्‍यालीमा सहभागीहरूले बलात्कार तथा महिला हिंसाविरुद्ध आवाज उठाउँदै दोषीलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न माग गरेका थिए। उनीहरूले पीडितलाई न्याय र सुरक्षित समाज निर्माणका लागि राज्य गम्भीर बन्नुपर्ने बताएका थिए।

पोखराका विभिन्न क्षेत्रमा मोटरसाइकलसहित प्रदर्शन गर्दै सहभागीहरूले बलात्कारविरुद्ध जनचेतना फैलाउने र न्यायका लागि दबाब सिर्जना गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको जनाएका छन्।